शुक्रबार, वैशाख ७, २०८१

बुटवलमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला, अनुसन्धानको माग

मेरोन्यूज २०७८ पुष ४ गते १२:२९

काठमाडौँ । बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा एक नौ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका छन् । उनको मृत्यु शंकास्पद भएको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् ।

शनिबार नौ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनलाई तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालित चर्चमा बालकका बुबा ध्यान गरिरहेका थिए । सोही समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको प्रहरीेले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्ट मार्टमपछि थप विवरण खुल्ने जनाएको छ ।

प्रतिक्रिया