शुक्रबार, वैशाख १४, २०८१

काम गर्ने व्यक्तिलाई प्रचार प्रसारको लोभ हुँदैन : मेयर पदम बडुवाल

मेरोन्यूज २०७८ पुष ३ गते २०:१३

औपचारिक शिक्षा तीन कक्षा मात्रै भए पनि बाजुराको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवाललाई काम गर्न शिक्षाले अवरोध गरेन । आफ्नो नगरको विकासका लागि अहोरात्र खटिएका मेयर बडुवालको संघर्ष र इतिहास लामै छ । बडिमालिका नगरपालिकामा मेयरको जिम्मेवारी सम्हालेर आईसकेपछि उनले गरेका कामहरुको लिस्ट लामै छ । बडिमालिकाको मुहार फेर्न उनले गरेका कामहरु उदाहरणिय र सराहनिय छन् । मिडिया र प्रचार–प्रसारको दुनिया“बाट टाढै रहेका उनी कामलाई बढी प्राथमिकता दिन्छन् । काठमाडौ“ आएको मौका छोपेर मेयर बडुवालस“ग मेरोन्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :


अरु मेयरहरु आफूले गरेको कामलाई मिडियामा ल्याउन चाहन्छन् । कामको जस लिन खोज्छन् । तपाईं त मिडियाबाट अलि टाढै बस्न रुचाउनु हुन्छ । किन होला ?

हो, म प्रचार–प्रसार भन्दा टाढै बस्न रुचाउ“छु । पत्रकारहरुस“ग मेरो उति निकटको सम्बन्ध पनि छैन । मेरो बारेमा लेखिदिनुस् भन्ने बानी पनि छैन । फेरी मनैदेखी काम गर्न रुचाउने व्यक्तिहरुलाई धेरै प्रचार प्रसारको लोभ नहु“दो रहेछ । मलाई पनि त्यो लोभ जागेन । कतिपय पत्रकार साथीहरु काठमाडौ“देखी मलाई फोन गर्नु हुन्छ, म भन्छु, फोनमा भन्दा पनि तपाईंहरुलाई मेरो नगरमा एक पटक आइदिनुस् । मैले गरेका कामहरु आफै नियाल्नुस् । पहिलेको बडिमालिका र अहिलेको बडिमालिकाको अन्तर तपाईंहरु आफै देख्नु हुनेछ । मभन्दा पनि मेरा जनताहरुस“ग अन्र्तक्रिया गर्नुस् । तपाईंहरु सबैलाई स्वागत छ । मेरोभन्दा पनि मेरो नगरवासिका कुरा सुन्नुस् । उहा“हरुको आवाजलाई मिडियामा ल्याउनुस् ।


चार वर्षे कार्यकालमा तपाईंले गर्नु भएका मुख्य कामहरु के के हुन् ? आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नु हुन्छ ?

महत्वपूर्ण कामहरु पूरा गर्नका लागि एक कार्यकाल पर्याप्त नहुने रहेछ । तैपनि केही सूरुवात भने गरियो । नेताले विकास गर्दैनन् भन्ने सोच छ । तर, हाम्रो नगरमा आएर हेर्नुहोस् । केही नमुना कामहरु देख्नु हुनेछ । पहिलाभन्दा राम्रा स्कुलका भवन बनेका छन् । विपद्को बेला हुने सुचना प्रवाह तथा आपत्कालीन समयमा नागरिकको तत्काल नै खोज तथा उद्धार गरी सहयोगको सुनिश्चितताका लागि आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । बाजुराको बडिमालिका नगरपालिकाको सबै वडामा इन्टरनेट जडान भएको छ ।

नगरपालिकाभित्र रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडाका कर्मचारीको इ–हाजिरी गराउने उद्देश्यले सबै वडामा इन्टरनेटको सुविधा दिइएको हो । नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९५.९८ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पुरा भएको छ । जिल्लाको सदरमुकाम मार्तडी वा तल्लो क्षेत्रमा एयरपोर्ट निर्माणका लागि पनि पहल गरिरहेको छु । कोर्द बडिमालिका सामुदायिक बनको पनि स्थापना गरिएको छ ।

पञ्च वर्षिय योजना बनाएर मैले काम सुरु गरें । २५ वटा सामुदायिक स्कुलका भवनहरु राम्रो बनाए“ । सबै स्कुलमा फर्निचरको व्यवस्था गरियो । हामीले उत्पादनमा जोड दिईरहेका छौं । पर्यटन प्रवद्र्धनका लागि कसरी अगाढि बढ्ने त्यसमा पनि मेरो ध्यान छ । १५ देखी २० वर्षमा कायापलट गर्ने योजना छ ।

यसभन्दा अगाडिको कुरा गर्नु हुन्छ भने, मैले २०५० यता कोर्दमा स्कुल खोलें । पछि बाजुरा क्याम्पस खोलें । जडांगामा नेरा ०५६ मा नेरा मा.वि. को स्थापना गरें । हामी नेपालीले घर राम्रो बनायो भने देश राम्रो बन्छ । पानीका धारा, चौतारा बनाउने हो, प्रँकृतिक स्रोत साधनलाई बचाउने हो भने त्यही नै नमुना काम हुन्छ । म बडिमालिका नगरपालिकालाई काठमाडौ“ जस्तै विकसित बनाउन चाहन्छु ।


तपाईं प्रायः जिल्लामै बस्न रुचाउनु हुन्छ । शहर केन्द्रित कहिल्यै हुनु भएन । भौगोलिकताले गर्दा असर गरे जस्तो लाग्छ कि लाग्दैन ?

मेरो गाउमा फलेको कोदो काठमाडौ“का पा“चतारे होटल लगायत अन्य शहरका होटलको मेनुमा उपलब्ध छ । शहरबासीले हाम्रो सिस्नो चाख्छन् । काठमाडौ“ बसेर मलाई कुवाको भ्यागुतो बन्नु छैन । मलाई खुल्ला ठाउमा बस्न मन पर्छ । म स्वच्छ हावापानी र प्रकृतिको काखमा रमाउन चाहन्छु । म काठमाडौ“ र धनगढी किन आउनु ? मलाई माननिय, मन्त्री बन्नु छैन । मलाई मेरो नगर र जिल्ला बनाउनु छ ।

तपाईंले तीन कक्षासम्म मात्र अध्ययन गर्ने मौका पाउनु भयो । औपचारिक शिक्षाले कत्तिको कठिनाई पु¥यायो ?

हो, मैले तीन कक्षासम्म मात्र पढ्ने मौका पाए“ । जब म तीन कक्षा पास भएर चार कक्षामा प्रवेश गरें, मेरो गाउमा स्कुल नै थिएन । बाध्यता र परिस्थीतिले मैले त्योभन्दा बढी पढ्न पाइन“ । त्यो ०३६ सालको कुरा हो । मभन्दा पछाडीका कोही पनि पढाईबाट बञ्चित नहोउन् भनेर मैले गहिरो तवरले सोचें । हाम्रो क्षेत्रमा स्कुल, क्याम्पस बनाउन आफ्नो जीवनका उर्जाशिल समय खर्च गरें । शिक्षा नियमावली ऐन बनाए“ ।
हामीले चाह्यौं भने परिवर्तन सम्भब छ । सबैले म मेरै गाउमा केही गरेरर खान्छु भनेर लाग्ने हो भने हाम्रँे देश बन्ला । तर, भारतको मात्र बिरोध गरेर केही हु“दैन ।

काम गर्न तपाईंका अगाडी चुनौतीहरु के के छन् ?

मुख्य समस्या गरी बिपद् नै हो । हिउदयाममा विकास ग¥यो, बर्खायाममा बगाएर लैजान्छ । राज्यले वस्तिको विकास गर्नुपर्छ । सरकारले पनि त्यो काम अगाडि बढाइदिएन । अर्को समस्या अनाबृष्टि, अतिबृष्टि छ । विकासमा राजनीतिक एकता छैन । पर्याप्त कर्मचारीहरु छैनन् । भए पनि माननियले सरुवा गरिदिन्छन् । कर्मचारीलाई दुई वर्ष काम गर्न नदिई जिल्लाका माननिय ज्युले सरुवा गरिदिनु भयो । चाहे जति बजेट नहुनु अर्को समस्या छ ।


आगामी दिनमा नगर र जिल्लाको विकास लागि के–कस्ता योजनाहरु अगाडि बढाई रहनु भएको छ ?

५ वर्षको अवधिमा काम नसकिने रहेछन् । अधुरा कामहरु धेरै छन् । बाजुराको तल्लो क्षेत्रमा बिमानस्थल बन्नै पर्छ भन्ने मेरो चाहना छ । जसरी पनि त्यो काम पूरा गर्नु छ । विमानस्थल बन्दा बिरामीले छिटो उपचार पाउ“थे । यस्तै पर्यटकहरु तान्नका लागि केबुलकार पनि बनाउने योजना छ । पूर्णागिरी माईको उद्गमस्थल बडिमालिका हो । त्यहा“ ३० लाख पर्यटक आउने गरेको अनुमान छ । हामीले १० लाख पर्यटक भित्र्याउ“न सक्छौं ।

अब राजधानी र शहरमुखी बाजुराबासी घर फर्किनु पर्छ । उत्पादनमा जोड दिनुपर्छ । त्यो उत्पादन शहरबासीलाई विक्री गरौं । शहरमा घर बनाउन, सन्तानलाई शहरमा पढाउन म मेयर बनेको होईन । काठमडौ“ जस्तो बाजुरा बनाउन मेयर बनेको हु“ । मेयर बन्न मरिहत्ते गर्दिन“ । हो, म विकास, प्रगति, सम्बृद्धिका लागि अवश्य मरिहत्ते गर्छु ।

प्रतिक्रिया