सोमबार, जेठ ७, २०८१

टिम देउवा

कांग्रेस पदाधिकारीमा अधिकांश नयाँ अनुहार, देउवा कति छन् बलिया ?

१३ जना पदाधिकारीको टुंग्गो लाग्दा सभापति र उपसभापति वाहेक सवै पदमा नयाँ अनुहार निर्वाचित

सञ्जिता खनाल २०७८ पुष २ गते २०:०७

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीमा सभापति र उपसभापति वाहेक सवै पदमा नयाँ अनुहार निर्वाचित भएका छन् । १४ पदाधिकारी मध्ये कांग्रेसको १३ पदाधिकारीको टुङगो लागेको छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेर मनोनित गर्ने विधानको व्यवस्था छ। जुन चयन हुन बाँकी छ । अन्य १३ पदाधिकारी भने निर्वाचन प्रक्रियामार्फत चयन भएका छन् ।

Advertisement

सभापतिमा प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवा दोहोरिएका छन् । यस अगाडी मनोनित महामन्त्री रहेका पूर्णवहादुर खडका उपसभापतिमा निर्वाचित भएका छन् । यस वाहेकका अन्य सवै पदाधिकारी कांग्रेसमा नयाँ अनुहार हुन् । महामन्त्रीमा प्रभावशाली दुई युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा विजयी बनेका छन् ।


उपसभापति दुई पदमध्ये एउटामा पहिले महामन्त्री रहेका पूर्णवहादुर खडका र धनराज गुरूङ, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, बद्री पाण्डे र उमाकान्त चौधरी निर्वाचित भएका छन् । कांग्रेसको तेस्रो धार मानिने कृष्णप्रसाद सिटौला समुहका उमाकान्त देउवा समुहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका थिए ।

कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो। सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए। तर अहिले विधान संसोधन गरेर कांग्रेसले पदाधिकारी १४ जनाको बनाएको छ । प्रवक्ता समेत काग्रेसको पदाधिकारी वैठकमा जान पाउँछन् । कोषाध्यक्ष र प्रवक्ता अव चयन हुन वाँकी छ ।

अघिल्लो कार्य समितिमा को- को थिए पदाधिकारीमा ?
कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो । सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए ।

कांग्रेसको १३ औ कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा थिए ।
उनीहरूमध्ये सभापति देउवा र खड्का उपसभापतिमा निर्वाचित भए । अघिल्लो कार्यसमितिमा उपसभापति बनेका निधि सभापतिमा लडे । तर पराजित बने । दोस्रो चरणको सभापतिको निर्वाचनमा देउवालाई सभापतिमा समर्थन गरेका थिए । त्यस्तै, मनोनित उपसभापतिमा अघिल्लो कार्यसमितिमा रहेका गच्छदार शेखर कोइराला समुहका गुरूङसँग २ मतले पराजित भए । अघिल्लो कार्यसमितिमा सहमहामन्त्री रहेका प्रकाशशरण महत महामन्त्रीमा पराजित भएका छन् ।

देउवा कति वलिया ?
सभापतिमा दोस्रो पटक निर्वाचित भएका कांग्रेसका सभापति शेरवहादुर देउवा पार्टीको पदाधिकारीमा बहुमतमा छन् । उपसभापति पूर्णवहादुर खड्का र ६ जना सहमहामन्त्री देउवा पक्षका छन् । उपसभापति एक जना र दुई जना महामन्त्री र दुई जना सहमहामन्त्री इतर समुहका छन् । यसमध्ये एक् जना महामन्त्री विश्वप्रकाश शर्मा पहिला देउवासँगै थिए । तर महाधिवेशनका बेला देउवाले टिममा नसमेटेपछि उनी प्रकाशमान सिंहको समुहमा रहेर महामन्त्रीको चुनावी मैदानमा पुगेका थिए ।
उनी पनि अहिले देउवाको इतर समुहमा छन् । तर उनले सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई सहयोग गरेका थिए ।

पदाधिकारीमा आफु सहित ९ जनाको टिम उनकै समुहका छन् । तर पनि देउवालाई पहिले जसरी काम गर्न त्यक्ति सहज छैन । पार्टीभित्र कार्यकारी मानिने दुवै महामन्त्री उनको इतर समुहबाट निर्वाचित भएका छन् ।

दुवैमाथी कांग्रेसका महाधिवेशन प्रतिनिधीले धेरै विश्वास गरेका कारण देउवालाई पहिले जसरी लथालिंग पारामा कांग्रेसलाइृ चल्न दिने छुट उनीहरुलाइ छैन । हिजोसम्म प्रश्न उठाउने ठाउँमा महामन्त्रीद्दय गगन र विश्वप्रकाश रहेपनि अब उनीहरु पनि जवाफ दिनुपर्ने स्थानमा पुगेका छन् । उनीहरुको परीक्षा शुरु भईसकेको छ । जसकाकारण देउवालाई यी दुई युवा महामन्त्रीले सधै खवरदारी गरिरहेका हुने छन् ।

२०७२ फागुनमा सभापति निर्वाचित भएपछि देउवाले पार्टीका केन्द्रीय विभाग गठन गर्ने सकेनन । जनबर्गीय संगठनलाई पनि लथालिंग पाराले छोडिदिए । न उनले प्रतिपक्षमा रहेर खरो ढंगले पार्टीलाई उतार्न सके, न आफनो कार्यशैलीलाई नै सुधार गर्न सके । उनको कार्यशैलीका कारण काग्रेसभित्र वारम्वार उनको नेतृत्वमाथी प्रश्न उठिरहेको थियो ।

निर्धारित ४ वर्षमा महाधिवेशन समेत गर्न नसकेर उनले संविधानको प्रावधानका आधारमा मात्रै कांग्रेसको रक्षा खोजिरहे ।

१४ औं महाधिवेशनबाट बुधबार पुनः सभापति निर्वाचित भएपछि ७५ वर्षीय देउवा चुनौतीका पुरानै प्रश्नले घेरिएका छन् । पार्टीभित्र विधि र आन्तरिक लोकतन्त्रलाई स्थापित गर्ने, एकताको सन्देश प्रवाह गर्ने र महाधिवेशनमा बुलन्द बनेको रूपान्तरणको आवाजलाई सम्बोधन गर्ने दायित्व उनीमाथि छन् ।

उपसभापति देखि महामन्त्री र सहमहामन्त्रीमा उदाएका नयाँ पुस्ताका नेताले देउवालाई अव सधै यही प्रश्नले चिथोरिरहने देखिन्छ । यसले अव आफु परिवर्तित भएर उनी हिडन सक्छन् या विगतमा जस्तै विभिन्न कारण देखाएर पुरानै कार्यशैलीलाई निरन्तरता दिन्छन् ? त्यो भने देउवाको आगामी दिनको कार्यशैली पर्खेर हेर्न वाकी छ ।

साथमा उनको टिमले खेल्ने भूमिका के हुन्छ ? भन्नेले पनि देउवाको पदाधिकारी टिम कति सफल वन्छ भन्ने निधो लाग्नेछ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया