बिहीबार, चैत १५, २०८०

गुलरियामा बजाजको नयाँ शोरुम सञ्चालन

मेरोन्यूज २०७८ पुष २ गते १२:५३

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बर्दियाको गुलरियामा नयाँ शोरुम ‘ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड’को उद्घाटन गरेको छ ।

नेपालमा अटोमोबाइल ब्राण्ड बजाजले अझ सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा शोरुम सञ्चालनमा ल्याएको हो । यस उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीज्युलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैं प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटोसुविधा पुर्याउने प्रयास गरिरहको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाले भने, “हामी गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौँ, हाम्रा ग्राहकहरु निरन्तर वृद्धी भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । गुलरियामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।’

Advertisement

प्रतिक्रिया