सोमबार, जेठ ७, २०८१

कांग्रेसभित्रका ‘आइकन’

पुस्तान्तरणको एजेण्डा बोकेका गगन-विश्वप्रकाशले महामन्त्रीमा जित्दा कांग्रेसको कार्यालयमा नारै लाग्यो - कांग्रेसको क्रान्ति : दुई तिहाईको महामन्त्री ! कांग्रेस महामन्त्री : अब देशको प्रधानमन्त्री !!

सञ्जिता खनाल २०७८ पुष १ गते १८:०५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ पुस्ताका दुई युवा उदाएका छन् । कांग्रेसमा पुस्तान्तरणको नारा लिएर महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । पार्टीभित्रका महाधिवेशन प्रतिनिधीका दुई तिहाई मत गगनले ल्याए । उनलाई लोकप्रिय मत अर्थात ३०२३ मत प्राप्त भएको छ ।

Advertisement

उनले पाँच प्रतिस्पर्धीलाई पछि पार्दै महामन्त्री जितेका हुन् । त्यस्तै विश्वप्रकाशले पनि गुट र समुहभन्दा वाहिरको मत लिएरै कांग्रेसको महामन्त्री जिते । अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन्

थापाले गत भदौ १४ गते आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा भएको कार्यक्रमबाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरेका थिए । गत भदौ १७ गते पार्टी मुख्यालय सानेपामा इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा गगन देखिएर उनले १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समुहमा रहेको गुट छोडेको प्रष्टाएका थिए ।

यता, विश्वप्रकाशले पनि गगनले उम्मेदवारी घोषणा गरेको ठिक १० दिनपछि अर्थात (भदौं २४ गते) बीपी जयन्तीको अवसर पारेर सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा ‘ज्योतिषी साइत’ हेरेरै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । अन्तिम समयमा उनले पनि सस्थापन पक्षले महामन्त्रीमा नराखेपछि प्रकाशमान सिंहसँग समुह मिलाएर चुनाव लडेका थिए । तर प्रकाशमान सिंहले पाएको मत भन्दा धेरै मत उनले गुट र समुहवाहिरवाटै तानेर काग्रेसमा महामन्त्री सुरक्षित गरे ।

कांग्रेसका पोष्टरवाई

गगन थाा र विश्वप्रकाश शर्मा दुवै कांग्रेसभित्र पोष्टरवाई हुन् । दुवैका आ आफ्नै विशेषता छन् । दुवै कांग्रेसभित्र लोकप्रिय छन र थिए भन्ने प्रमाणित दुवैले महामन्त्रीमा लोकप्रिय मत प्रप्त गरेर प्रमाणित गरेका छन् ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा गगन सिटौला समुहबाट महामन्त्री उठेका थिए । उनले पौडेल समुहका शंशाक कोइराला र तत्कालिन देउवा समुहका आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग भिडेका थिए । त्यसबेला पौडेल समुहका महामन्त्री पदका उम्मेदवार कोइराला विजयी भए भने देउवा पक्षका केसी र सिटौला पक्षका थापा पराजित भए ।

केसी र थापा ज्वाँई–ससुरा नै अहिले संस्थापनइतर समूहमा थिए । अबको कांग्रेस वुढा पुस्ताले भन्दा पनि युवा पुस्ताले नेतृत्व गर्नुपर्ने भन्दै १३ औं महाधिवेशनमै गगनले पार्टी नेतृत्व युवामा हस्तान्तरणको बहस चलाएका थिए । भलै त्यसबेला उनी नेतृत्वमा पुग्न सकेनन ।
त्यही एजेण्डा आज पनि गगनसँग छ । उनी दोस्रो इनिङका रुपमा महामन्त्रीमै उम्मेदवारी दिए , र सफलता हात मात्रै पारेनन, दुई तिहाई महाधिवेशनको मत पा्रप्त गर्ने एक मात्र कांग्रेस नेता पनि गगन नै बने ।

विश्वप्रकाशले पनि यसपटक पार्टीको महाधिवेशनवाट नेतृत्व पुस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसैले पार्टी महामन्त्रीमा गगन र विश्वप्रकाशले सँगै इन्टी गरेका छन् ।

कांग्रेस राजनीतिमा कतिपयले प्रवक्ता विश्वप्रकाशलाई ‘सानो बीपी’ भन्ने गरेका छन् । विश्वप्रकाश १४ औं महाधिवेशनमा महामन्त्री उम्मेदवारी दिने बताईरहँदा उनलाई त्यसवेला देउवा समुहकै कतिपय नेताहरुले विश्वप्रकाशको वार्गेनिडको रुपमा अथ्र्थाएका थिए ।

तर विश्वप्रकाशले आफू प्रवक्ताबाट रिटायर्ड हुन नआएको भन्दै चुनावी मैदानमा देखिने बताउँदै आएका थिए ।

विश्वप्रकाश कांग्रेसको निर्वाचित केन्द्रिय सदस्य थिए । १३ औँ महाधिवेशनमा प्रवक्ता हुनुभन्दा अघि विश्वप्रकाश संस्थापन ईतर समुहमा थिए । देउवाले प्रवक्ताको प्रस्ताब गरेपछि विश्वप्रकाश देउवा निकट बनेका थिए ।

विश्वप्रकाश र गगन : पहिले साथी , महाधिवेशनका प्रतिस्पर्धी

विश्वप्रकाश शर्मा र गगन थापाको उमेर पनि ५ देखि ७ वर्षको फरक छ । अर्थात विश्वप्रकाश २०२७ पुष ६ गते जन्मिएका हुन् । उनीभन्दा गगन ६ वर्ष पछि २०३३ साल साउन ४ मा जन्मिए । उमेरमा जस्तै राजनीतिमा पनि गगनका सिनियर हुन् विश्वप्रकाश । यी दुई युवा नेताहरुमा रोचक त के छ भने उमेर र राजनितिमा त्यही ५ देखि ६ वर्षको फरक मात्र छ ।

विश्वप्रकाशको राजनिति सुरुवात २०४० साल अघिबाट नै भएको देखिन्छ भने । विश्वप्रकाश आफ्नै गृहजिल्लाको धुलाबारी माविको नेपाल विद्यार्थी संघको इकाई सभापति २०४० सालमै भएका थिए । गगन भने २०४६ सालको जनआन्दोलनबाट विद्यार्थी राजनिति उदाएका थिए ।

२०४७ मा झापा जिल्लाको नेविसंघको जिल्ला सभापति बनेका विश्वप्रकाश २०४८ मा केन्द्रीय सदस्य हुँदै क्रमशः महामन्त्री, उपसभापति भएर २०५७ सालको आठौं महाधिवेशनवाट विद्यार्थी संगठनको केन्द्रीय सभापति बने । गगनलाई आठौंमा विश्वप्रकाश शर्माले उपाध्यक्ष बनाएका थिए । त्यसपछि नवौंमा गुरुराज घिमिरेको पालामा गगन महामन्त्री बनेका थिए । ०६२र०६३ को जनआन्दोलनका बेला उनी गणतन्त्रको पक्षमा वकालत गरेकोमा निक्कै चर्चामा थिए ।

पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको वकालत गरेकोमा उनको आलोचना गदै ‘दरवारिया’ सम्मको आरोप पनि लगाएका थिए । कालान्तरमा उनै गिरिजाप्रसादले उनलाई ०६४ मा समानुपातिकतर्फबाट संविधानसभामा लगे । उनी दोस्रो संविधान २०७० र प्रतिनिधीसभा चुनाव २०७४ मा गरी दुई पटक उनी काठमाडौं ४ वाट प्रत्यक्ष निर्वाचित सांसद भएका थिए । यो वीचमा उनले स्वास्थ्य मन्त्रीको समेत एकपटक जिम्मेवारी सम्हालिसकेका छन् ।

विश्वप्रकाश र गगनमा धेरै विशेषता समान प्रकारका छन् । कुनै पनि विषयमा यी दुबै नेता तत्काल धारणा बनाउँन सक्ने तथा स्पष्ट बोल्न सक्ने क्षमता भएका नेतामा मानिन्छन् । यी दुबैमा कलात्मक भाषणशैलीका कारण पार्टीभित्र मात्र हैन् कि बाहिर पनि उतिकै प्रशंसक छन् ।

गएको संविधान सभा चुनाबमा विश्वप्रकासले गगनको निवार्चन क्षेत्रमा गएर मत मागेका थिए भने विश्वप्रकाशको निवार्चन क्षेत्रमा गएर गगनले मत मागेका थिए । विश्वप्रकाश र गगनबीच सम्बन्ध पनि निकै राम्रो रहेको उनीहरु निकट नेताहरु बताउँछन् । पार्टीको १४ औं महाधिवेशनमा यी दुई आफै प्रतिस्पर्धी उम्मेदवार बने । प्रतिस्पर्धा पनि अन्य नेताहरुसहित यी दुईको रोचक नै देखिएको थियो । तर दुवैले आफु रहेको टिममा भन्दा वढी मत ल्याएर कांग्रेसका महाधिवेशन प्रतिनिधीले रोजेका नेता बने । उनीहरुको काधमा अव काग्रेस देखिने, वुझिने र सुनिने कांग्रेस बनाउने अभिभारा आईलागेको छ ।

यी दुबै नेता एक अर्कामा कति बलिया छन् ? पार्टीभित्र दुईको पकड कसको वलियो छ भन्ने पर्खन कतिपयले कांग्रेसको महाधिवेशन नै पनि कुर्नुपर्ने बताएका थिए । तर महाधिवेशनमा प्रकाशमान भन्दा अलिक वलियो खेमावाट चुनाव लडेका गगनले दुई तिहाई मत ल्याए, कमजोर समुहबाट लडेका विश्वप्रकाशले पनि देउवा समुहका र शेखर समुहका वलिया प्रतिस्पर्धीलाई उछिनेर महामन्त्रीमा चुनाव जिते । सारमा भन्दा दुवैले उस्तै खाले मत पनि काग्रेसभित्र पाएका छन् । दुवै समुहवन्दी नगरी चुनाव लडेका थिए भने पनि वरावरी जस्तै मत कांग्रेसमा दुवैले ल्याउने रहेछन भनेर अहिले अनुमान लगाउन सकिने विश्लेषण हुन थालेको छ ।

कांग्रेसको कार्यकारी मानिने महामन्त्री पदमा उदाएका गगन विश्वप्रकाशले अव कांग्रेस वुढाहरुको मात्र पार्टी नरहेको सन्देश दिईसकेका छन् । अव उनीहरुको अग्निपरिक्षा पनि सँगै शुरु भएको छ ।

यो पनि पढ्नुहोस्

गगन–विश्वप्रकाश प्यानल छुट्टै, मत एउटै !

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया