बुधबार, वैशाख १२, २०८१

थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ मंसिर २७ गते १७:४०

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ११ देखि २० वर्ष उमेर समूहका ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया