बिहीबार, वैशाख १३, २०८१

कांग्रेसको मतदान राति ९ बजेसम्म

मेरोन्यूज २०७८ मंसिर २७ गते १७:२२

काठमाडौँ । नेपाली कांग्रेसको १० औं महाधिवेशनमा भइरहेको मतदान राति ९ बजेसम्म जारी रहने छ । सोमबार राति १२ बजेबाट सुरु भएको मतदान राति ९ बजे रोकिने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मंगलबार बिहान पुनः मतदान सुरु हुनेछ ।

मतदान सकिएलगतै सभापतिको मतगणना सुरु हुनेछ । कांग्रेसको निर्वाचनमा अहिलेसम्म ९९३ मत खसेको बताइएको छ । एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।

प्रतिक्रिया