बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिमसहितका हिमाली तथा पहाडी जिल्लामा हिमपातको सम्भावना

मेरोन्यूज २०७८ मंसिर २७ गते १७:१०

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी भेगमा हिमपात हुने बताएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको भन्दै महाशाखाले देशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज राति सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु पनि आग्रह गरेको छ ।

प्रतिक्रिया