शनिबार, वैशाख ८, २०८१

मंगलबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय

मेरोन्यूज २०७८ मंसिर २७ गते १६:२६

काठमाडौँ । संघीय संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संसद सचिवालयले सोमबार भोली बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।

कार्यसूची अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद आव्हानसम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने छन् । यस्तै सभामुख सापकोटाले अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने, विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले तीनवटा अध्यादेश पेश गर्नेछन् । गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रसायनीक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नेछन् ।

त्यस्तै भौतिक पुर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्व अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंशाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बनधी अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची रहेको छ । प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया