शुक्रबार, चैत १६, २०८०

कांग्रेस महाधिवेशन : ६०० मत खस्यो

मेरोन्यूज २०७८ मंसिर २७ गते १४:४०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाकिधवेशनमा भएको मतदानमा अहिलेसम्ब ६०० मत खसेको छ । झन्डै ४ घण्टा ढिलो गरी शुरु भएको मतदानमा अहिलेसम्म ६०० मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मतदानका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । ४ हजार ७ सय २३ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।

प्रतिक्रिया