बिहीबार, वैशाख १३, २०८१

कुलबहादुरले पहिलो मत खसाले, देउवा, शेखर र प्रकाशमान मतदानस्थलतर्फ

मेरोन्यूज २०७८ मंसिर २७ गते १२:२३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सोमवार अपरान्हदेखि मतदान शुरु भएको छ ।

राष्ट्रिय सभागृहस्थित मतदानस्थलमा काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका छन् ।

नयाँ नेतृत्वका लागि प्रतिष्पर्धामा रहेका शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंह मतदान गर्न सभागृह प्रवेश गरेका छन् ।

पार्टीको १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४ हजार ७ सय ४३ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया