शनिबार, वैशाख १५, २०८१

कांग्रेस महाधिवेशनस्थलमै फोटो पत्रकार आन्दोलित, संयोजकले माफी मागे

मेरोन्यूज २०७८ मंसिर २७ गते १२:१४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार मतदान कार्यक्रमको फोटो खिच्न नदिएपछि फोटो पत्रकारहरु आन्दोलित भएका छन् ।

मतदानस्थलको फोटो खिच्न रोकिएको भन्दै फोटो पत्रकारहरुले क्यामेराहरु प्रशासनले भुईँमै थुपारेर सांकेतिक विरोध गरेका हुन् ।

महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि पत्रकारहरुले क्यामेरा उठाएका छन् ।

मतदान प्रकृयाको रिपोटिङमा भृकुटीमण्डप र राष्ट्रिय सभा गृह पुगेका पत्रकारलाई अवरोध दुर्व्यवहार गरिएपछि उनीहरुले विरोधस्वरुप क्यामेरा डाउन गरेका थिए ।

प्रतिक्रिया