शुक्रबार, चैत १६, २०८०

कांग्रेस महाधिवेशन ः देउवालाई समर्थन गर्दै गण्डकीका मन्त्रीले गरे उम्मेदवारी फिर्ता

मेरोन्यूज २०७८ मंसिर २७ गते १०:२१

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं अधिवेशनमा मतदान शुरु हुनुअघि गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभन्द्र शर्मा कँडेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

खस आर्यतर्फको खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका कँडेलले शेरबहादुर देउवा प्यानललाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

कँडेलले विहान प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई भोट नहाल्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया