मंगलबार, वैशाख ११, २०८१

अमेरिकामा शक्तिशाली आँधीले एक सय बढीको मृत्यु

मेरोन्यूज २०७८ मंसिर २७ गते १०:०४

काठमाडौं । अमेरिकाका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीले अहिलेसम्म एक सय जनाको मृत्यु भएको छ ।

आँधीले अमेरिकाका ६ राज्य प्रभावित भएको बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ ।

शक्तिशाली आँधीले घरहरु भत्किएर पुरिँदा दर्जनौं सर्वसाधारण बेपत्ता रहेका छन् ।

आँधीले अमेरिकाको केन्टकी सबैभन्दा बढी प्रभावित भएको एजेन्सीहरुले जनाएका छन् ।

आँधीका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ । आँधीले विद्युत सेवाहरु प्रभावित भएका छन् ।

प्रतिक्रिया