शनिबार, वैशाख ८, २०८१

रामचन्द्र पौडेलले मतदान नगरी तटस्थ बस्ने

मेरोन्यूज २०७८ मंसिर २७ गते ९:१५

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसकेको नेता रामचन्द्र पौडेलले सोमवारको मतदानमै भाग नलिने भएका छन् ।

संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले छुट्टाछुट्टै उम्मेदवारी दिएपछि पौडेल प्रतिष्पर्धाबाटै बाहिरिएका थिए ।
आइतबार लोकतान्त्रिक प्रतिष्पर्धाको आदर्शको मूल्यलाई जोगाउन आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका पौडेल आफैले मतदान नगर्ने भएका छन् ।

पौडेलले मतदानमा भाग नै नलिने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले मेरोन्यूजलाई बताए ।

‘रामचन्द्र दाइले यसपटक मतदान गर्नुहुुन्न । उहाँ तटस्थ बस्नुहुन्छ ।’– पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले भने ।

संस्थापनइतर समूहबाट पौडेल सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा भए पनि आफ्नै समूहका आकांक्षीहरुले नछाडेपछि उनी प्रतिष्पर्धाबाटै बाहिरिएका थिए ।

कांग्रेसको नयाँ नेतृत्वको दौडमा पाँच जना छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

सभापतिसहित १३४ पदका लागि सोमवार विहानबाट मतदान शुरु भएको छ ।

यो पनि पढ्नुस्

कतै खुलेनन् रामचन्द्र पौडेल, विवेक प्रयोग गर्न अपिल

प्रतिक्रिया