शुक्रबार, चैत १६, २०८०

सशांकलाई दुइटै हातमा लड्डु, शेखर टिममा पनि समेटिए (सूचीसहित)

मेरोन्यूज २०७८ मंसिर २७ गते ८:३७

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमवार जारी मतदानमा पूर्व महामन्त्री डा. सशांक कोइराला देउवा र शेखरको दुवै टिममा समेटिएका छन् ।

सशांकले दुवै पक्षलाई साथमा लिन सफल भएपछि उनी चुनावी मैदानमा सहज जीत हात पर्ने देखिएको छ ।

देउवा समूहले सार्वजनिक गरेको अन्तिम सूचीमा सशांकलाई राखिएको छ भने शेखर टिमको अन्तिम सूचीमा पनि परेका छन् ।

देउवाको प्यानलमा समेटिए सशांक (सूचीसहित)

निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंहको प्यानल र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् ।

Advertisement

दुबै समूहले आ–आफ्नो प्यानलको अन्तिम सूची सार्वजनिक गरेका छन् ।

यस्तो छ शेखर कोइरालाको अन्तिम सूची

प्रतिक्रिया