शनिबार, वैशाख ८, २०८१

अखिल (क्रान्तिकारी)को टुंग्गियो केन्द्रीय समिति (सूचीसहित)

पदाधिकारीको भने अझै लागेन टुग्गो, केन्द्रीय समितिले लगाउने

मेरोन्यूज २०७८ मंसिर २७ गते ८:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विधार्थी संगठन अखिल क्रान्तिकारीले अन्ततः केन्द्रीय समिति टुंग्गो लगाएको छ । गत असोज १४ देखि १८ गते सम्म चलेको २२ औं राष्टिय सम्मेलनले अध्यक्ष मात्र चयन गरेर अन्य प्रक्रिया अवरुद्ध भएको थियो ।

अखिल क्रान्तिकारीले अध्यक्षमा पञ्चा सिंहलाई मात्रै चयन गरेको थियो । विवादका कारण अन्य कमिटिका सदस्य र पदाधिकारी टुग्गो लगाउन क्रान्तिकारीको सम्मेलन असफल भएको थियो ।


पार्टी अध्यक्ष प्रचण्डले १९९ सदस्यीय केन्द्रीय कमिटि बनाउन दिएको निर्देशनका आधारमा फयाक्सन इन्चार्ज हितमान शाक्य र निर्वतमान अध्यक्ष रञ्जित तामाड सहितको उपस्थितीमा केन्द्रीय समिति टुग्गो लगाएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिएकी छिन् । केन्द्रीय समिति मात्र टुग्गो लगाएपनि अझै महासचिव लगायतका पदाधिकारीको टुग्गो लगाउन भने सकेको छैन ।

अव केन्द्रीय समितिले नै संगठनको अन्य पदाधिकारी चयन गर्ने अध्यक्ष सिंहले बताइन् ।

को-को परे त केन्द्रीय समितिमा ?

प्रतिक्रिया