शुक्रबार, चैत १६, २०८०

बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

मेरोन्यूज २०७८ मंसिर २७ गते ७:५८

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गएरातीको खेलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोखिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी रोकिएको हो ।

ओसासुनाको घरेलु मैदानमा १२ औं मिनेटमा गोल गर्दै निको गोन्जालेजले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटमा ओसासुनाका डाभिड गार्सियाले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

पहिलो हाफमा एक एक गोलको बराबरी खेलेको दुवै टिमले दोस्रो हाफको खेलमा पनि एक एक गोल थपेपछि खेल बराबरीमा टुंगियो ।
खेलको ४९ औं मिनेटमा बार्साका अब्डे इजालजुलीले गोल गरेका थिए भने ८७ औं मिनेटमा ओसासुनाका इजिक्वेल एभिलाले गोल गरी बराबरी तुल्याए ।

बराबरीसँगै १६ खेलमा २४ अंक जोडेको बार्सिलोना तालिकाको आठौं स्थानमा छ भने ओसासुना २२ अंकका साथ दशौँ स्थानमा रहेको छ । लिगमा ४२ अंकका साथ रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।

Advertisement

यस्तै, आइतबार रातीको अर्को खेलमा रियल मड्रिडले एटलेटिको मड्रिडलाई २ –० ले पराजित गरेको छ ।

प्रतिक्रिया