शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस महाधिवेशन

अन्ततः देउवाको प्यानलमा समेटिए सशांक (सूचीसहित)

देउवाको सचिवालयले गर्यो मध्यरातमा सशांक र पौडेल परिवारको फोटो सार्वजनिक

मेरोन्यूज २०७८ मंसिर २७ गते ७:३९

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेरबहादुर देउवाको आधिकारिक प्यानलमा पूर्व महामन्त्री डा. सशांक कोइराला समेटिएका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाको सचिवालयले मध्यरातमा देउवा–सशांक भेट गरेको फोटोसमेत सार्वजनिक गर्दै आधिकारिक लिष्टमा नाम समेटेको हो ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको निर्वाचनमा देउवालाई समर्थन गर्ने सहमति भएको दाबी गरेका छन् । तर पौडेलले भने आफू कतै नखुली आइतबार बेलुका विवेक प्रयोग गर्न नेता कार्यकर्तालाई अपिल गरेका थिए ।

सभापतिमा संस्थापन इतरका डा. शेखर कोइराला र प्रकाशमान सिंहको छुट्टाछुट्टै समूह प्रतिष्पर्धामा उत्रिएपछि पहिलो चरणमै निर्वाचित हुने प्रयासमा देउवाले आइतबार सशांक र पौडेललाई भेट गरी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।



पौडेललाई भेट्न देउवा आइतबार विहान बोहोराटार पुगेका थिए । त्यस्तै, दिउँसो सशांक बालुवाटार पुगेर देउवालाई भेटेका थिए । देउवालाई भेटेपछि सशांकको नाम देउवा प्यानलमा समेटिएको हो ।

बालुवाटारको यस्तो दाबीमा दुबै नेता र तिनको सचिवालयले केही बोलिसकेका छैनन् ।

देउवाकाे प्यानलकाे सूची हेर्नुहाेस्

प्रतिक्रिया