शुक्रबार, चैत १६, २०८०

आज देशैभर मौसम बदली, हिमाली भेगमा हिमपातको सम्भावना

मेरोन्यूज २०७८ मंसिर २७ गते ७:०९

काठमाडौँ । देशैभर सोमवार मौसम बदली हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागकाअनुसार, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सोमवार विहान पहाडी भू–भागमा आंशिक बदली हुनुका साथै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रहनुका साथै बाँकी भू–भागमा आंशिक बदली रहने जनाइएको छ ।

विभागकाअनुसार, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमवार राती पनि देशका अधिकांश भू–भागमा आंशिक बदली तथा सुदुरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ ।

प्रतिक्रिया