बिहीबार, वैशाख १३, २०८१

कतै खुलेनन् रामचन्द्र पौडेल, विवेक प्रयोग गर्न अपिल

मेरोन्यूज २०७८ मंसिर २६ गते २१:४६

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेल अन्तिम समयमा एकातिर समर्थन गर्ने अपेक्षा गरिए पनि उनी कतै पनि नखुल्ने निश्कर्षमा पुगेका छन् ।

उनले आइतबार अन्तिम समयमा आस्था र निष्ठाको राजनीति भन्दै सामाजिक सञ्जालमा विवेक प्रयोग गर्न प्रतिनिधिहरुलाई अपिल गरेका छन् ।

‘प्रतिष्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिष्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने सुभेच्छा ब्यक्त गर्दछु ।’ पौडेलले आफ्नो हस्ताक्षर सहित लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

प्रतिक्रिया