सोमबार, जेठ ७, २०८१

जो पदाधिकारीको चर्चामा थिए, तर उम्मेदवारीसमेत दिएनन्

सञ्जिता खनाल २०७८ मंसिर २६ गते १५:३९

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन जारी छ । शनिवार उम्मेदवारी दर्तामा तीन नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सितादेवी यादव कुनै पनि पदमा प्रतिष्पर्धामा देखिएनन् । यी तीनामध्ये पौडेल र सिटौला १३औं महाधिवेशनमा केन्द्रीय सभापतिमा प्रतिष्पर्धामा थिए । १३औं महाधिवेशनमा पहिलो चरणको मतदानमा सभापतिको प्रतिष्पर्धामा उत्रिएका कसैले पनि ५१ प्रतिशत नल्याएपछि दोस्रो चरणको मतदान भएको थियो ।

Advertisement

पहिलो चरणमा शेरबहादुर देउवा (देउवा समुह),दोस्रोमा पौडेल र तेस्रोमा सिटौला भएका थिए । पहिलो र दोस्रोको मतदानमा सिटौलाले देउवालाई सघाएका थिए । पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजित भए भने देउवा सभापति बनेका थिए । १४ औं महाधिवेशनमा पनि सभापतिमा आउँने चाहना पौडेलको थियो ।

गत भदौं १७ गते पौडेल समुहले सानेपामा पत्रकार सम्मेलन गरे आफूहरु छिटै साझा उम्मेदवार छान्ने बताएका थिए । ‘अर्को पटक पत्रकारसम्मेलन हामी साझा उम्मेदवार छानेर गछौं,’सोही पत्रकार सम्मेलनमा पौडेलले भनेका थिए ।

पौडेलले साझा उम्मेदवार छान्न लामै कसरत गरे । उनले आफूलाई एक पटक चुनाबसम्म सभापति दिन र त्यसपछि सभापति छोड्ने आफ्नो समुहमा आग्रह गरे । तर उनको समुहका दुई नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आफै सभापति बन्ने अडानमा बसे । पौडेललाई छोड्न तयार देखिएनन् । पटक पटक सोही समुहका युवा नेताहरुले एक जना मात्र सभापति बन्नु पर्नेमा जोड दिए । सभातिका आकाक्षी शशांक कोईरालाले पौडेललाई सभापतिका लागि छाडे । तर दुई नेता शेखर र प्रकाशमानले कुनै हालमा सभापति नछोड्ने अडान लिएपछि पौडेलले सभापति बन्ने चाहनाबाट बाहिरिए । पौडेलले शेखर र प्रकाशमानमा एक जना उठ्न आग्रह गरे ।

गत बुधबार शंशाक कोइराला निवासमा बसेको बैठकले शेखरले समेत प्रकाशमान सिंह माने आफु पौडेललाई सभापति बनाउँन तयार रहेको बताएका थिए । बिहिबार साझा उम्मेदवार छान्न पटक– पटक चाक्सिबारी, बोहराटारदेखि अनुपम फुटल्याण्डमा बैठक बस्यो तर बिनानिष्कर्षमा टुङगियो ।

शुक्रबार रातिको बैठकमा प्रकाशमान सभापतिको अडान नछाड्ने आफूलाई सहयोग गर्न भन्दै बाहिरी । शनिवार बिहान शेखर र प्रकाशमान दुबैको छुटाछुटै टिम बन्यो ।

शनिबार प्रकाशमान र शेखर दुबैले टिमसहित उम्मेदवारी दर्ता गराए । पौडेल शनिवार बिहान बसेको अन्तिम बैठकमा आफू कुनै पनि पदमा प्रतिष्पर्धा नगर्ने बोहोराटार बैठकमा भनेका थिए ।

पुन दिउँसो विज्ञप्ति सार्वजनिक गरेर राजनीतिबाट अलग भएको बताए । उनले भनेका छन्, ‘१४औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भनेको छु ।’ यसबाट के प्रष्ट हुन्छ भने पौडेल बाह्यभन्दा पनि दलभित्रको राजनीतिबाट आजित र निरास देखिन्छन् । पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले शनिवार राति भेटेर राजनितिबाट नबाहिर आग्रह गरे ।

त्यसैगरी,१३ औं महाधिवेशनमा सभापतिमा उठेका कृष्ण प्रसाद सिटौला १४ औं महाधिवेशनमा कुनै पनि पदमा प्रतिष्पर्धा गरेनन् । उनीे १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी थिए । तर पछि देउवाको उपसभापतिमा रहेर पार्टीलाई अघि बढाउने योजनामा सुरु गरे । त्यस विषयमा संस्थापनबाट उपसभापति उठ्ने कि भनेर आफ्नो समुहमा लामै छलफल पनि गरे । उनलाई आफ्नो समु्हले संस्थापन नजान र आफै सभापति दिन सुझाब दियो ।

तर सिटौलाले समुह व्यवस्थापनको जिम्मा केन्द्रिय सदस्य प्रदिप पौडेललाई दिएको बताए । संस्थापन टिमसँग ‘बार्गेनिङ’ सुरु गरे । उनको ‘बार्गेनिङ’ बाट संस्थापनको महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु प्यानलमा पार्न सफल भए । तर उनी कुनै पनि पदमा उम्मेदवारी दिएनन् । उनले महामन्त्रीमा प्रदिप पौडेललाई अघि सार्दै देउवाको प्रस्तावक बस्ने भए । उनी १५औं महाधिवेशनसम्म सक्रिय राजनीतिमा होलान् कि नहोलान् ? त्यो हेर्न बाकी नै छ ।

यसैगरी, १३ औं महाधिवेशनमा सितादेबी यादवले चित्रलेखा यादवलाई कोषाध्यक्षमा पराजित गरिनन् । तर उनले आफु कुनै पदमा उम्मेदवारी नदिने भन्दै १४ औं महाधिवेशनबाट किनारा लागिन् ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया