बुधबार, वैशाख १२, २०८१

महिलाको पहिचान र स्वत्रन्त्रताका कुरा

रमा भट्टराई २०७८ मंसिर २४ गते १३:२६


केहि समय पहिलाकी चर्चित नायिका पुजा चन्दको थर पुर्वपतिबाट आएको, सम्बन्ध विच्छेदपछि के थर राख्ने भन्नेमा वर्तमान पति र आफै पनि दोधारमा परेको, पुर्वपतिकै थर राखिरहदाँ सामाजिक रुपमा अमिल्दो, पूर्वपतिबाटै पनि आपत्ति जनाईएको भएपनि आफु त्यहि नामबाट चिनिएकोले थर फेर्ने जोखिम लिन नसकेको भन्दै त्यहि नाम थर नै प्रयोग गरिरेको कुरा उनैले एउटा अन्तर्वातामा बताएकी थिईन्। त्यसैगरी अहिलेकी चर्चित गायिका मिलन अमात्यले सम्बन्धविच्छेद पछि मिडियामा विवाहपछि आफुलाई दवावमा थर परिवर्तन गर्न बाध्य पारिएको थियो भन्दै आफ्नो पुरानै थर राखि मिलन नेवार नाममै स्थापित हुन प्रयासरत छिन् ।

समाजका चर्चित पात्र भएकाले यीनको कथा बाहिर आयो । तर यसरी आफ्नो नैसर्गिक पहिचान स्वैच्छाले अथवा दवावले परिवर्तन गर्ने आम परम्परा नै छ हाम्रो समाजमा । यसलाई मैले गलत अर्थमा त व्याख्या गर्दिन तर पनि आफ्नो पहिचानको चेतको यो पनि प्रारम्भिकबोध चाहि हो । जसले स्वेच्५ाले गर्यो त्यो अपरिपक्वता, चाल चलनको अनुशरण, अधिक मोह र सामाजिक सुरक्षा तथा मान्यताका लागि अथवा अन्जानमा गरे भने जसले दवावमा गरे तिनले त्यतिबेलै बुझ्नु पथ्र्यो कि उनीहरुको पहिचान त्यो घरमा स्वीकार गरिदैन् । यहि बिन्दुबाट शुरु भएको आफ्नो अस्वीकार्यताको स्वीकारोक्तिका चाङ्ग जति समय बित्दै गयो त्यतिनै बढ्दै जाने, संगै रहेपनि दुःखनै बढ्ने, छुट्टिए पनि मन भरी दुःखकै पोका लिएर निस्किनुपर्ने अवस्था छ । विवाहपछि थर परिवर्तन गर्ने चलन त एउटा सानो उदाहरण मात्र हो । आफ्नो पहिचानको बोधनै नभई रुची र स्वाद समेत आफ्नो यो हो भन्ने थाहा नपाई जीवन व्यतित गर्ने महिलाको आम स्वाभावका बीच हाम्रो परिवेशमा महिलाको पहिचान र स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने कुरा धेरै लेखिएका छन् ।


पितृसत्ताको जडताभित्र महिलाको आवाज कसरी दमित भयो रु महिलाको सम्मान र स्वतन्त्रता कसरी स्खलित भयो रु यसको बारेमा शास्त्रदेखि समाजसम्म र ईतिहास देखि वर्तमानसम्मका सबैकारणहरु विश्लेषण भएका छन् । सरकारबाट समाजमा लैङ्गिक सहअस्तित्व स्थापनाका लागि नीतिगत र कानूनी व्यवस्थाहरु पनि भएका छन् । सतही रुपमा समाज परिवर्तनका केही संकेत पनि देखिएका छन् । महिला हिसां विरुद्घका आवाज बुलन्द भएका छन् । तर पनि अझै स्वतःस्फुर्त रुपमा सामाजिक संरचनाभित्र लैङ्गिक पुर्नसंरचना भएको छैन् । आफ्नो स्वतन्त्रता र सम्मान कायम राख्न बिद्रोहकै बाटो हिडेर लान्छनाको फेहरिस्त सुत्रुनै पर्छ ।


पक्कि पुल बनाएर तुईन विस्थापन गरेजस्तो भौतिक परिवर्तन संभव छैन मान्छेको स्वाभाव, आचरण, विचार र चिन्तनमा परिवर्तन गर्न, त्यसमाथि पनि खाईपाई आएको सुविधा छोड्नु अतिनै कठिन काम हो । आज तुच्छ मानेको चिजलाई भोली आफ्नो हैसियतमा हातेमालो गर्न अहंकारले दिदैन् । घरमा तुच्छ मानेको वर्गलाई अफिसमा समान दर्जा दिन मनले स्वीकार्नै सक्दैन् । यो स्वीकार्न त ऋषिमनबाट मात्र संभव छ जुन अत्यन्त दुर्लभ छ । अब प्रश्न रहन्छ, के यहि चलन स्वीकार्ने ? हेपिएरै दबिएरै बस्ने त सधैभरी रु सहि जवाफ-नबस्ने, नस्वीकार्ने । के गर्ने त ?
जड कुरा यो हो कि आफुलाई परिवर्तन गर्र्ने । महिला हुँ भनेर एकप्रकारको जुन बन्धन हुन्छ नि त्यसलाई आफुभित्रैबाट परिवर्तन गर्ने । अरुलाई परिवर्तन गरेर समाज परिवर्तन गर्ने सपनानै असंभव सपना हो किनकि अरुलाई कसैले परिवर्तन गर्ननै सक्दैन् । आफुलाई परिवर्तन गरेर मात्र समाज परिवर्तन सम्भव छ । जो कोहिले पनि आफ्नो पहिचान, आत्मसम्मान र स्वतन्त्रता चाहन्छ भने आफु र आफ्ना मामलाप्रति आफै सजग हुनुपर्छ ।


जीवनको परम उद्घेश्य आनन्द हो । स्वतन्त्रता र आत्मसम्मानजनक जीवनले नै आनन्दको परम खोजीमा लाग्न प्रेरणा दिन्छ । स्वतन्त्रताको चाहनाको शुरुवाती अवस्थामा चाहेको खान पाउनु, चाहेको लाउन पाउनु र चाहेको ठाउँमा जान पाउनु र चाहेको बोल्न पाउनु, मान्छेका अघि चिनिन पाउनुसम्म मात्र मान्छेले सोचेको हुन्छ । मान्छेका आधारभूत आवश्यकताहरु पुरा हुदैगए पछि स्वतन्त्रताका दायराहरु पनि फराकिला हुदैँ जान्छन् । र अन्त्यतः मान्छेलाई ती भोगका चाहनानै बन्धन लाग्छ र भोगको दुःखबोध गरेर लुगासमेत फुकालेर मान्छे अनन्त स्वतन्त्रताको खोजीमा निस्किन्छ । तर उच्चतम स्वतन्त्रताको चाहनामा पुग्न भने जीवनको कुनै न कुनै चरणमा भोगको यात्रा तय गरेकै हुन्छ मान्छेले ।


डररलोभले मान्छे दासता स्वीकार्न बाध्य हुन्छ । भोगको बाटोमा संगसंगै पिडाहरु पनि आउँछन् । भोगको अनन्त चाहनाले दुःखका अनन्त सृखंला शुरु हुन्छन् । चाहे ति आगोका लप्का, एसिडका छिर्का अथवा आँखामुन्तिरको निलो दाग या मनको गहिरो चोटको रुपमा रहुा सबै सबैनै लोभ, डर र भोगको बन्धनका नतिजा हुन् । डर र लोभ छोडियो भने केही समय कठिन होला तर आफ्नो जीवनको जिम्मा आफ्नो हातमा आएपछि स्वनिर्भर नभई बिकल्पनै हुत्र, अनगिन्ती बाटाहरु आफै भेटिन्छन् । पाँचदिनको बच्चा च्यापेर घर छोडेकी महिला उद्योगपति भएका उदाहरण हाम्रै समाजमा छन् । र फेरी अर्कोतिर जीवनभरी दासता स्वीकार्ने पनि छन् ।


गरिबी, अशिक्षा, बेरोजगारी र परनिर्भरता मात्र पनि महिला हिंसाको कारण होईन् । भर्खरैमात्र सार्वजनिक भएको एक सरकारी कर्मचारीकि श्रीमतीमाथिको हिँसाको घटनाले पनि यसलाई पुष्टी गर्छ । उनीआफै जागिरे रैहिछन् पहिला । सम्बन्ध सुध्रेलाकि भनेर जागिर छोडेकी रैहिछन्र । उनन्तिस वर्षदेखि लोग्ने सुध्रेला र मैले सुख पाउली भनेर जे जे भन्यो त्यो त्यो मान्दै बस्नु लोभ, डर र भोगको बन्धनले निम्त्याएको दुःख हो । होईन र रु तलाई छोड्छु जागिर छोड्दिन भत्रे आँट गरेको भए अहिलेसम्म न्यायकै लागि भिख मागि राख्नु पर्दैनथ्यो र उनन्तिस वर्षमा आफ्नो छुट्टै साम्राज्य खडा गरी सक्थिन् ।


आफ्नो पहिचान र स्वतन्त्रतासंगै सम्झौता गरेका अधिकाशं महिला जीवनभर सघंर्ष र सम्झौतै गरिरहन बाध्य हुन्छन् । कतिपयले बीचमा आएर बिद्रोह गर्छन् । पहिचान र स्वतन्त्रता रोज्छन् । केहीलाई थोरै सम्झौता गर्दा पहिचान, स्वतन्त्रता र सम्मान पनि प्राप्त होला भने कतिपयले जीवनभरी पश्चाताप गरिरहन्छन् । सान्त्वनाका लागि आफ्नो त्यागको कहानी सुनाई रहन्छन् । केहि नगन्य यस्ता पनि होलान् परम चैतन्यता प्राप्त गरेका जसलाई कुनै चाहना छैन, दिनु र पाउनुमा भेद छैन, बन्धन र उन्मुक्तताको परिभाषित सीमाभन्दा बाहिर रहेर अपेक्षा र गुनासो रहित त्यागमा रमाउने । हो सबैको आआफ्नो मनस्थिति र परिस्थिति हुन्छ तर परिस्थितिलाई बहाना बनाएर जीवनलाई कठिन संघर्षको रुपमा बुझ्दै गुनासोमै जीवन बिताउनु भन्दा स्वेच्छाले रोजेको जीवन बिताउनु मान्छेको स्वधर्म हो ।


महिलाको पहिचान, स्वतन्त्रता, आत्मसम्मान जोगाउन सबैजना एकैपटक सामाजिक संरचना अस्वीकार गरी आमबिद्रोहमा निस्कनु पनि संभव नहोला तर हरेकले आफ्नो पहिचान, स्वतन्त्रता, आत्मसम्मान जोगाउन आआफ्नो स्थानबाट बिद्रोह गर्नैपर्छ । वर्षौदेखि हिसां खपेर बसेका महिलाहरु समाजले के भन्ला ? घर परिवार माइतीको इज्जत ? के खाउँला ? के लाउँला ? कहाँ जाउँला ? कम्तिमा यति खपे गाँस बाँस, कपासको दुःख त छैन, छोराछोरीको बिजोग होला जस्ता तर्कनाले प्रायः गरी महिलाहरु बाँधिएको देखिन्छ । यो आफैप्रतिको अविश्वास हो। समाज परिवार र ईज्जतको डर भनिन्छ नि यो आफ्नै असुरक्षाको डरमात्र हो । मान्छेको स्वतन्त्रता कुण्ठित गराउदाँ, आत्मसम्मानमा चोट पुर्याउदाँ कसैको ईज्जत जोगिदैन् । पहिचान, स्वतन्त्रता, आत्मसम्मान र सहअस्तित्वपूर्ण समाजबाट मात्र सबैको ईज्जत एकमुष्ठ रुपमा बढ्रछ । यो कुरा बुझाउने जिम्मा पनि महिलाकै हुन्छ ।


महिलाको जीवननै संघर्ष हो भत्रे तर अत्यन्त छुद्रकुरामा संघर्ष गर्ने गरेको पाइन्छ । गाँस, बाँस र कपासका लागि आफ्नो पहिचान, स्वतन्त्रता र आत्मसम्मानसंग सम्झौता गर्ने । तीजमा एउटा सारी किनाउन वर्षदिन संघर्ष गर्ने, आफ्नो छुद्र स्वार्थ पुरा गर्न बनाबटी हाउभाउमा संघर्ष गर्ने जस्ता व्यवहारले महिलालाई नै थप परनिर्भर र कालान्तरमा कमजोर बनाउने हो । आफ्नो आत्मविश्वास बढाउन श्रृगांर गर तर कसैलाई खुसि बनाउन कहिलेसम्म कपाल रंगाउछौ रु कहिलेसम्म लाली लगाउछौ अथवा कहिलेसम्म हातमा मेहन्दिले नाम लेख्छौ रु संघर्षः यस्तो कुरामा गर तिम्रो घरमा तिम्रो खुसिले पनि सममूल्य पाओस् । तिम्रो भान्सामा तिम्रो स्वादले पनि समस्थान पाओस्, । बैश र बल भइन्जेलमात्र होईन, कपालफुलेपछि, दाँत झरेपछि, गाला चाउरीएर हाँसेको पनि सुहाउन छोडेपछि समेत तिम्रो बोलीले सम्मान पाओस् ।


पहिचान, स्वतन्त्रता र सम्मान मागेर पाइदैन, आफैले आर्जन गर्नूपर्छ । प्राप्तीका लागि मात्रै संघर्ष होईन्, दाता हुनका लागि संघर्ष गर्नुपर्छ । सम्पतिमा अधिकार खोज्ने हैसियतमा मात्र होइन, सम्पत्ति आर्जन गर्ने र आफ्नो हक जमाउने संघर्ष गर । सफल मान्छेसंग बिहे गर्ने, कमाउने मान्छेसंग बिहे गरेर कमाइ खाने, धनि लोग्ने खोज्ने, बिदेश गएको केटो खोजेर बिहे गर्ने भन्दा आफै सफल हुने, आफै कमाउने, आफै डाक्टर, ईन्जिनियर, अफिसर, वकिल हुने, आफै विदेश जानका लागि संघर्ष गर। यो दिगो र स्वाभिमानी हुन्छ ।


अस्तित्वले महिला र पुरुषलाई फरक शारिरीक स्वरुप दिएको छ, त्यसमा अस्तित्वको आफ्नै नियम छ तर पंचतत्वको वितरणमा बिभेद छैन् । अस्तित्वको रहस्य बुझ्ने क्षमता राख्ने मान्छेले आफुजस्तै अर्को मान्छेसंग गाँस, बाँस र कपासका लागि गरेको हारगुहारलाई के संघर्ष भन्न्ु ? अस्तित्वले पशुपछिंलाई त पालेको हुन्छ भने मान्छे त बुद्घिमत्ता हुन्छ,, बुद्दि लगाएरै पनि खान नपाएर मर्दैन् । आफ्नो हिरा भेट्ने संभावना नजरअन्दाज गरेर फलाम पाईएला कि भनेर कुरेर बस्नु आफ्नै आलस्यता र उदासिनता पनि हो ।

(लेखक दक्षिण कोरियास्थित नेपाली दुतावासमा श्रम काउन्सिलर हुन् ।)

प्रतिक्रिया