सोमबार, जेठ ७, २०८१

इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै चीनमा अध्ययन गरेका विद्यार्थीहरूको प्रदर्शन (तस्वीरहरु)

जुली गिरी २०७८ मंसिर २० गते १३:४३

काठमाडौँ । चीनमा चिकित्साशास्त्रको स्नातक तह अध्यन पूरा गरी नेपालमा इन्टर्नसिप गर्न नपाएका विद्याथीहरुले प्रर्दशन गरेका छन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले छिटो भन्दा छिटो इन्टर्नसीप पूरा गराउनुपर्ने माग गर्दै सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

सन् २०१४ मा चीनमा चिकित्साशास्त्र पढेका उनीहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनु पर्ने माग राख्दै आएका छन् । विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण चीनमा इन्टर्नसिप गर्न नपाएका उनीहरुले नेपालमा इन्टर्नसिपको व्यवस्थापन गर्न माग गरेका हुन् ।

उनीहरुले यही मंसिर १७ गतेको निर्णयको पनि विरोध गरेका छन् । २०१४ ब्याचका १५६ जना विद्यार्थीहरुले कोभिडका कारण चीनमा इन्टर्नसिप पूरा नगरी नेपाल आएका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया