बुधबार, वैशाख १२, २०८१

‘ए’ डिभिजन लिगः आर्मीको पहिलो जीत

मेरोन्यूज २०७८ मंसिर १९ गते २०:५२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जीत दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जीत दर्ता गरेको हो ।

खेलको ८५ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । ब्रिगेड ब्वाइजले कुनैपनि गोल गर्न नसकेपछि खवासको गोल नै जीतका लागि निर्णायक बन्यो ।

बिग्रेड ब्वाइजले लिगको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३–२ ले पराजित गरेको थियो भने अर्को खेल एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।

जीतसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ भने ब्रिगेड ब्वाइजको ४ अंक छ ।

प्रतिक्रिया