बिहीबार, वैशाख १३, २०८१

अटो दुर्घटना अपडेट ः मृतक दुबै जनाको सनाखत

मेरोन्यूज २०७८ मंसिर १९ गते २०:३६

कैलाली । बाजुराको बडिमालिका नगरपालिकाका थुवाकाँधमा अटो दुर्घटनामा मृतको सनाखत भएको छ ।

प्रहरीका अनुसार बुढीगंगा नगरपालिका वडा नम्बर १ बस्ने ६२ वर्षीय खगेन्द्र उपाध्याय र ६० वर्षीय प्रकाश नेपाली रहेका छन् ।

घाइते हुनेहरुमा बुढीगंगा नगरपालिका २ बल्दे बस्ने ३४ बर्षीया धनबहादुर केसी र बुढीगंगा नगरपालिका वडा नम्बर १ का धनबहादुर खत्री रहेका छन् ।

घाइतेको अवस्था सामान्य रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अटो चालक खेमराज उपाध्याय भने फरार रहेका छन् ।सदरमुकाम मार्तडीदेखि जडाङगा जाँदै गरेको अटो आइतबार साँझ ५ बजे दुर्घटना भएको हो ।

अटो सडकबाट दुई सय किलोमिटर तल बुढीगंगा नदीमा खसेको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया