बुधबार, वैशाख ५, २०८१

बाग्मति कांग्रेसमा केसीको अग्रता

मेरोन्यूज २०७८ मंसिर १९ गते २०:२७

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन् ।

सभापति पदको ५ सय मत गणना हुँदा जगदीश्वर नरसिंह केसी अगाडि देखिएका छन् । केसीले २५७ मत पाउँदा इन्द्र बानियाँले २४३ मत पाएका छन् । पाँच सय मत गन्दा २ मत बदर भएको छ ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो ।

प्रतिक्रिया