मंगलबार, चैत ६, २०८०

बाजुरामा अटो दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते

मेरोन्यूज २०७८ मंसिर १९ गते १९:४७

कैलाली । बाजुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडी देखि जडाङगा जादै गरेको अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

बडीमालिका नगरपालिकाको सुवा कादमा भएको अटो दुर्घटना मत्यु भएकाहरुको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

अटो सडकबाट दुई सय मिटर तल बुढीगंगा नदिमा खसेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया