मंगलबार, चैत ६, २०८०

राष्ट्रपति भन्छिन्– समाजबाट लैंगिक हिंसा अझै उन्मुलन भएन (भिडियोसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी छन् ।

समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक, आर्थिक, अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको उनले बताइन् ।

कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिलाबिरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेको उनको भनाई छ ।

भिडियाे


छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु पूर्णरुपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

महिला हिंसा अन्त्यको लागि नेपाल सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदायको तहमा पु¥याउने र समुदाय स्तरका छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाई छ ।

प्रतिक्रिया