मंगलबार, चैत ६, २०८०

प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत

मेरोन्यूज २०७८ मंसिर १९ गते १९:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत भएका छन् ।

प्रेस सेन्टरको चितवनमा भएको चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत चयन भएका हुन् । सापकोटा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकार समेत भएका थिए ।

संस्थापक संयोजकबाट पहिलो पटक नेतृत्व हस्तान्तरण भएको छ ।

राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र पदाधिकारी बिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो ।

प्रेस सेन्टरको चौंथो महाधिवेशनले १९ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ ।

क्रान्तिकारी पत्रकार संघका नामबाट २०६१ सालमा संस्था स्थापना भएको थियो ।

प्रतिक्रिया