शुक्रबार, चैत १६, २०८०

परिणाम स्वीकार गरेर अघि बढ्न राणाको सुझाव

मेरोन्यूज २०७८ मंसिर १९ गते १८:४०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढ्न पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उनले सो परिणामलाई स्विकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढनुपर्ने बताए ।

आइतबार काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रिय समितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणाम स्विकार गरेर अघि बढन आफू तयार रहेको पनि बताए ।

निवर्तमान अध्यक्ष राणाले राजसंस्था र हिन्दु राज्यको स्थापना गर्ने पार्टीको लक्ष्य प्राप्तीका लागि सशक्त ढंगले अघि बढन पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिए ।

‘पार्टीले लिएको लक्ष्य राजसंस्था र हिन्दु राज्य स्थापनाका लागि नयाँ नेतृत्वले सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’–राणाले भने ।

राप्रपा निवर्तमान अध्यक्ष राणाले राप्रपालाई नयाँ नेतृत्वले मुलुकको बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया