शुक्रबार, चैत १६, २०८०

कांग्रेस लुम्बिनी प्रदेशमा पौडेल पक्षका पुनको अग्रता कायमै

मेरोन्यूज २०७८ मंसिर १९ गते १७:१९

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका अमर पुनले अग्रता कायमै छ ।

चार सय ७८ मतमा मत गणना हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पुनले २९५ मत ल्याएका छन् भने संस्थापन समूह (सभापति शेरबहादुर देउवा) का भरत शाहले १७८ मत पाएका छन् ।

एक हजार ६३१ मत खसेको थियो । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् ।

आइतबार बेलुकासम्म अन्तिम नतिजा आउने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया