शुक्रबार, वैशाख १४, २०८१

मोर्डना खोप विद्यालयमै पुगेर लगाइदिने

मेरोन्यूज २०७८ मंसिर १९ गते १६:४२

काठमाडौं । सरकारले विद्यालयमै गएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले विद्यालयमा नै खोप केन्द्र स्थापना गरेर १२ देखि १८ वर्षका बालबालिकाहरुलाई खोप दिने तयारी रहेको बताए ।

उनले भने, ‘यो खोप १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी छ ।’

कोभ्याक्स सुविधामार्फत नेपालमा गत साता ५० लाख मात्रा खोप आएको छ ।

प्रतिक्रिया