शुक्रबार, वैशाख ७, २०८१

साताको पहिलो दिन शेयर बजारमा उच्च गिरावट

मेरोन्यूज २०७८ मंसिर १९ गते १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकको गिरावट आएको छ ।

आइतबार नेप्से ७२.३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलव ८९ विन्दुमा रोकिएको हो ।

नेप्सेमा उच्च गिरावट भए पनि आइतबार न्यादि हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । न्यादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख बराबरको भएको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

प्रतिक्रिया