शनिबार, वैशाख ८, २०८१

हिमानीमाथि थापाको ब्यङग्य– अब राजसंस्था आउने भयो

मेरोन्यूज २०७८ मंसिर १९ गते १५:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा पराजित भएका निवर्तमान अध्यक्ष कमल थापाले पूर्व युवराज्ञी हिमानी शाहलाई अब राजसंस्था आउने भन्दै ब्यङग्य गरेका छन् ।

राप्रपा अध्यक्षमा बिजयी भएका राजेन्द्र लिङदेनलाई हिमानी शाहले आफ्नो ट्वीटर अकाउन्टबाट बधाइ दिएकी थिइन् ।

पराजित भएदेखि नै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि सामाजिक सञ्जालबाटै आक्रोश पोखेका थापाले लिङदेनलाई बधाइ दिएकोमा हिमानीमाथि पनि ब्यङग्य गरेका हुन् ।

हिमानीले लिङदेनलाई बधाइ दिएकोमा त्यसैलाई थापाले हिमानी शाहलाई मेन्सन गर्दै ब्यङग्य गरेका छन् । ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना’– थापाले लेखेका छन् ।

‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङदेनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, राजेन्द्र लिङदेनको जीतसँगै मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।’ –हिमानीले लिङदेनको तस्बीरसहित शुभकामना दिएकी थिइन् ।

प्रतिक्रिया