शुक्रबार, वैशाख ७, २०८१

सुन तोलाको ९२ हजार

मेरोन्यूज २०७८ मंसिर १९ गते ११:२४

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २०० तोकिएको महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया