मंगलबार, चैत ६, २०८०

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : पौडेल समूहका पुनकाे अग्रता

मेरोन्यूज २०७८ मंसिर १९ गते ११:२५

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका अमर पुनले सुरुवाती अग्रता लिएका छन् ।

३ सय मत गणना हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पुनले १५७ मत पाएका छन् ।

संस्थापन समूहका भरत शाहले १०७ मत पाएका छन् ।

पदाधिकारी, जिल्लागत तथा अन्य सदस्यहरूमा पनि सस्थापनइतर समूह अगाडि छ । १ हजार ६४८ मतदातामध्ये कूल १ हजार ६३१ मत खसेको थियो ।

Advertisement

प्रतिक्रिया