शुक्रबार, वैशाख ७, २०८१

भारतीय नम्बरको जीपले ठक्कर दिँदा कञ्चनपुरमा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १९ गते ९:०८

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा भारतीय नम्बर पिलेट भएको जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीमा DL1ZC 4754 नम्बरको भारतीय जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय ६५ वर्षीय तारा नाथको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार बिहान करिब ६ बजेको समयमा, बाणी देखी झलारी तर्फ आइरहेको उक्त जीपले स्थानीय नाथलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना भएको उक्त स्थानमा स्थानीयहरूले बिहानै देखी पूर्व पश्चिम राजमार्ग अवरुद्ध समेत गरेका छन् ।

यसैगरी उक्त जीप र चालकलाई भने इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

प्रतिक्रिया