शुक्रबार, वैशाख ७, २०८१

राप्रपाको अध्यक्षमा लिङ्देन विजयी

मेरोन्यूज २०७८ मंसिर १९ गते ७:३६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको रापप्राको मतदानबाट लिङ्देन विजयी भएका हुन् ।

अध्यक्षका प्रत्यासी कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका छन् । शनिबार भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो ।

आइतबार बिहान ३ बजेबाट मत गणना शुरु भएको मत गणनाको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । राप्रपा निर्वाचन समितिका अनुसार लिङ्देनले १८१७ र थापा १६१८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया