बुधबार, वैशाख १२, २०८१

कांग्रेस गण्डकी सभापतिमा शर्मा निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १९ गते ७:२६

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । कांग्रस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शर्मा निर्वाचित भएका हुन् ।

संस्थापन समूहका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका शर्मा निर्वाचित भए । शनिबार भएको मतदानमा १ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा ६ सय १२ मत ल्याएर विजयी भएका हुन् भने जोशीले ५ सय २८ मत ल्याएर पराजित भए ।

प्रतिक्रिया