बिहीबार, चैत १५, २०८०

आजको राशिफल : मंसिर १९ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ मंसिर १९ गते ६:१७

आज २०७८ साल मंसिर महिनाको १९ गते आइतबार, मंसिर शुक्लपक्षको प्रतिपदा तिथि । आज स्वयंसेवक दिवस रहेको छ ।

मेष
रङ्गरौसको वातावरणमा घुलमिल हुन मन लाग्ने छ । कमाईमा बृद्धि हुने तथा खर्च पनि उत्तिकै स्तरमा हुन जाने छ । पेशागत जीवन सकारात्मक रहने छ । बोलीको प्रभावकारीता कायम हुँदा अरुको मन जित्न सकिने छ । पारीवारिक जीवनमा भने असमञ्जस्यता उत्पन्न हुन जाने छ ।

वृष
पेशागत जीवन सोचे जस्तो अघि बढ्ने छैन् । विभिन्न खाले समस्यासँग जुध्दै अघि बढ्नु पर्ने छ । आफन्त तथा मित्रहरुबाट धोका हुने अवस्था आउने चुनौति देखिएकाले सतर्क रहनु होला । आर्थिक सन्तुलन बिग्रने छ । यौनसँ सम्बन्धि विषयमा संयमित रहनु होला ।

मिथुन
उच्च दृढताले भरिएको व्यक्तित्व हुने छ । रिस भने कडा हुने भएकाले संयमित रहनु नै उचित हुने छ । मनमा उदासिनताको मात्रा रही रहने छ । परिवारमा मधुरता र प्रेम रहने हुँदा कठिनाईमा पनि निरन्तर अघि बढ्न मद्धत मिल्ने छ ।

कर्कट
समय शुभ रहेको छ । मान प्रतिष्ठा प्राप्त हुने छ । आर्थिक अवस्था मजबुद रहने छ भने बृद्धि पनि देखिने छ । रमाईलो कार्यक्रमहरुमा सहभागि हुन पाइने छ । पेशागत जीवनमा उन्नति तथा प्रगतिको अवसर प्राप्त हुने छ । बौद्धिक स्तरको व्यक्तित्व हुने छ ।

Advertisement

सिंह
नयाँ नयाँ विषय सिक्नमा रुचि रहने छ भने सिक्न पनि पाइने छ । कमाईमा बृद्धि हुने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । मनोबल उच्च भए तापनि बेला बेला अनावश्यक विषयमा झैझगडाको अवस्था आउने भएकाले जोगिनु होला । खानपानमा ध्यान दिनु होला

कन्या
आर्थिक अवस्थामा गुणात्मक बृद्धि हुने छ । पेशागत जीवनमा सन्तोषजनक अवस्था रहने छ । खर्चको अवस्था पनि ह्वात्तै बढ्न जाने छ । सवारीसाधन सम्बन्धी समस्या झेल्नु पर्ने छ । भोज भतेरमा सहभागि हुने समय रहेको छ । स्वास्थ्य अवस्थामा भने सन्तुलन कायम हुने छैन् ।

तुला
आर्थिक अवस्थामा असन्तुलन पैदा हुँदा मनमा दबाब उत्पन्न हुन जाने छ । तर परिवारमा सुमधुरता हुने हुँदा कठिन क्षणको सामना गर्न पनि एकरुपता आउने छ । मेहनती बानीले गर्दा अरुले कदर गर्ने र नयाँ नयाँ अवसरको प्राप्ति हुने छ । पेशागत जीवनमा धैर्य भएर पाइला चाल्नु होला ।

वृश्चिक
परिवारमा मिलन हुने र मनमा हर्ष उत्पन्न हुने छ । आर्थिक अवस्थामा सुधार आउने छ । बोली प्रभावकारी हुने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । विदेश यात्रामा जाने विषयमा अन्योल उत्पन्न हुने छ । स्वास्थ्य अवस्थामा असन्तुलन पैदा भई अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छन् । दाम्पत्य जीवनमा विश्वास थप प्रगाढ हुने छ ।

धनु
प्रेममा सफलता प्राप्त हुने छैन् । कानूनी अड्चनहरु खेप्नु पर्ने छ । आम्दानीमा गिरावट हुँदा खर्च व्यवस्थापन गर्न धौ धौ हुने छ । पेशागत जीवन जोखिपूर्ण अवस्थाबाट गुज्रन पुग्ने छ । सन्तान सुखको कमि हुने छ । अध्ययन तथा अध्यापनमा रुचि रहने छैन् । मनोबल कमजोर रहने छ ।

मकर
दाम्पत्य जीवनमा मधुरतामा बृद्धि हुने छ । मनोबल उच्च भएको व्यक्तित्व हुँदा हुँदै पनि झगडालु स्वाभाव हुने भएकाले यसबारेमा विचार पुर्याउनु होला । पेशागत जीवनमा अनावश्यक आक्रामकता देखिने भएकाले नरम तथा संयमित रहने प्रयास गर्नु होला । इष्ट मित्र तथा समाजले आलोचना गर्ने छन् ।

कुम्भ
दुविधात्मक अवस्थाबाट गुज्रनु पर्ने छ । पेशागत जीवनमा सहजता आउने छ । स्वास्थ्य अवस्थामा पनि सुधार आउँदा मनमा सन्तोष मिल्ने छ । आम्दानी मद्यम प्रकृतिको रहने छ । निर्णय क्षमतामा हुने गिरावटका कारण अन्योलता कायम रहने छ । दाम्पत्य जीवनमा भने मधुरता रहँदा सुख दुःखमा एक रुपता कायम रहने छ ।

मीन
झैझगडाका क्रमहरु देखिन पुग्ने छ । पेशागत जीवनमा सतर्क रही पाइला चाल्नु नै उचित हुने छ । दाम्पत्य जीवनमा उच्च सुमधुरता कायम हुँदा कठिन अवस्थासँग जुध्न तागत प्राप्त हुने छ । विभिन्न आरोप प्रत्यारोपहरु खेप्नु पर्ने छ । परिवारमा कुरा काट्ने तथा आलोचना गर्नेहरुका कारण मनमा वितृष्ण उत्पन्न हुन जाने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया