बिहीबार, वैशाख १३, २०८१

कांग्रेस बाग्मति अधिवेशनः ६१ प्रतिशत मतदान

मेरोन्यूज २०७८ मंसिर १८ गते १९:४७

काठमाडौं । नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ ।
दुई हजार एक ५० जना मतदाता रहेको बागमती प्रदेशमा १ हजार ३ सय २५ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ । राती १० बजेसम्म मतदान गर्न पाउने भएकाले अरु केही मत झर्ने अपेक्षा गरिएको छ ।
निर्वाचनका लागि कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको छ ।
बाग्मति प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया