बिहीबार, वैशाख १३, २०८१

काँग्रेस सुदूरपश्चिमकाे मतदान सकियाे, राति ९ बजेबाट गणना

मेरोन्यूज २०७८ मंसिर १८ गते १७:५१

कैलाली । कैलालीको धनगढीमा जारी नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशन अन्तर्गत मतदान सकिएको छ ।

कुल एक हजार २६ मतदातामध्ये एक हजार तीन मत खसेको छ। काँग्रेसका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार मतदानमा २३ जना अनुपस्थित रहे ।

उनका अनुसार राति ९ बजेदेखि कैलाली काँग्रेसको पार्टी कार्यालयमा गणना हुनेछ । ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेदवारी दिएका छन् ।

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन् ।

प्रतिक्रिया