शनिबार, वैशाख ८, २०८१

देशभर थप २३८ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं उपत्यकामा १५८ जना कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७८ मंसिर १८ गते १६:५०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा भएको परीक्षणका क्रममा थप २ सय ३८ जनामा कोभिड संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय ९२ जना पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४१ सय ८ जना रहेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना संक्रमण पुष्टी भएका थप पाँच जनाको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० जना पुगेको छ ।

सोही अवधिमा ३ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १५८ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा शनिवार १५८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९७, ललितपुरमा ५१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् ।

हाल काठमाडौं उपत्यकामा १ हजार ७ सय २६ सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया