शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस अधिवेशन : सभापतिमा हाम्रोभन्दा राम्रो आउनु पर्छ

मेरोन्यूज २०७८ मंसिर १८ गते ७:१५

कैलाली । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रथम प्रदेश अधिवेशन चलिरहँदा सुदूरपश्चिममा पनि अहिले रौनक छ । अधिवेशनले अबको नेतृत्व चयन गर्ने छ ।

पार्टीमा सबैलाई मिलाएर लैजाने सक्ने नेतृत्वको खोजी भइरहेको छ ।आगामी चुनावमा कांग्रेसले हारको अवस्थामा नआउन नदिनेतर्फ सचेत हुनु पर्ने महाधिवेशन प्रतिनिधि माया कुँवरले बताइन् । उनले प्रदेशको नेतृत्वले स्थानीय तहसम्म मिलाएर लैजाने नेता चुनिन आवश्यक रहेको बताइन् ।

‘प्रतिस्पर्धा राम्रो हो’, उनले भनिन, ‘हामी सहमतिमा गए, चुनावी माहोलमा मतदाताले चुनेर राम्रो नेता आउनु पर्यो ।’

अब आउने प्रदेश सभापतिमा युवाको खाँचो रहेको अक्कल भण्डारीले बताए । ‘सबैको मन बुझ्ने हाम्रोलाई भन्दा राम्रोलाई हेर्ने खालको नेतृत्वको आवश्यक छ’ उनले भने ।

पार्टीलाई संगठिक गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता रहेको केशवबहादुर चन्दले बताए । ‘पार्टीलाई अझै बढी लोकप्रिय बनाउने जनताको कामलाई जनमुखी बनाउने खालको नेतृत्व आउनुपर्छ’ उनले भने । सुदूरपश्चिम प्रदेश सभापतिका लागि संस्थापन प्यानलबाट सभापतिमा वीरबहादुर बलायर र इतर पक्षबाट नारायण मिश्रले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया