बिहीबार, वैशाख १३, २०८१

स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ

मेरोन्यूज २०७८ मंसिर १८ गते ७:०६

काठमाडौँ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत १ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको नौ लाख बरामद भएको थियो ।

पाँच सय र हजारका का नोट मिलाएर उक्त रकमसहित पक्राउ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।

प्रतिक्रिया