शनिबार, वैशाख ८, २०८१

आज राप्रपा महाधिवेशनको मतदान हुने

मेरोन्यूज २०७८ मंसिर १८ गते ६:३६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा आज मतदान हुने भएको छ । महाधिवेशनमा एक सय ४९ सदस्यीय नयाँ कार्य समिति गठन गर्न २७६ जनाले उम्मेदवारी दिएका छन् ।

कार्य समितिमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यहरू रहने छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी रहेको छ ।

उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित हुने छन् भने चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै केही पदाधिकारी कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताबाट कूल ५० लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।

करिब दुई वर्षअघि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि यो पहिलोपटक हुन लागेको अधिवेशन हो । अधिवेशन गत १५ देखि भृकुटीमण्डपमा जारी छ ।

प्रतिक्रिया