शनिबार, वैशाख ८, २०८१

तपाईको यो साता, हेर्नुहोस् राशीफल

मेरोन्यूज २०७८ मंसिर १८ गते ६:१६

आज २०७८ साल मंसिर महिनाको १८ गते शनिबार, मंसिर कृष्णपक्षको औँसी तिथि । राशिअनुसार यो साता कस्तो रहने छ ? प्रस्तुत छ साप्ताहिक राशिफल ।

मेष
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको रहने छ । आम्दानीमा बृद्धि हुने तथा अपेक्षा अनुरुप लाभ मिल्ने छ । रमाईलो खालको स्वाभाव हुने भएकाल खर्च पनि बढि नै हुन पुग्ने छ । नोक्सानी होला कि जस्तो भएको धन उठ्ने छ । प्रभावकारी बोली हुने हुँदा ठुलाबडाले विश्वास गर्ने छन् । परिवारमा भने द्वन्दात्मक वातावरण रहने छ ।

वृष
यस राशिका व्यक्तिहरुलाई यो साता कठिनाईहरुसँग चुनौतिसँग जुध्नु पर्ने छ । आफैले यसअघि विश्वास गरेका मित्रहरुबाट धोका हुने र यसले आर्थिक नोक्सानी व्योहर्नु पर्ने तथा प्रतिष्ठामा पनि ह्रास आउने छ । पैतृक सम्पत्ति गडबढि उत्पन्न हुन जानेछ । पेशागत जीवनमा आरोप प्रत्यारोपको अवस्था आउने भएकाले सतर्क रहँदै पेशागत जीवनमा व्यावहार गर्नु नै उचित हुने छ । मनमा उदासिताका क्रम विद्यमान रहने छन् ।

मिथुन
यस राशिका व्यक्तिहरुलाई यो साता मध्यम प्रकृतिको हुने छ । दृढताले भरिएको र साहसिक व्यक्तित्व हुनेछ । मनमा एकतमासको निराशाले गाँजि रहने छ । आँटेका कुराहरु पुरा हुने क्रममा रहने भएकाले केही सन्तोष भने प्राप्त हुने छ । पारीवारिक जीवनमा एकअर्का प्रति सहयोग गर्ने सम्बन्ध हुने छ । पेशागत जीवनमा धेरै प्रगति नभए पनि अशुभ पनि हुने छैन् ।

कर्कट
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक दिशामा जाने छ । सामाजिक जीवनमा प्रतिष्ठा र भुमिका बढ्न जाने छ । आम्दानीमा बृद्धि हुने छ भने गर्नु पर्ने प्रकृतिका खर्चहरु जोगिने छ । भोज भतेरमा सहभागि हुने र रंग रमाईलो गर्ने अवसर मिल्ने छ । पेशागत जीवनमा सकारात्मक उन्नति प्रगति प्राप्त हुने छ । परिवारमा मधुरता तथा प्रेम बढ्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने र लेख लेखन लगायतका बौद्धिक क्षेत्रमा प्रगति हुने छ ।

सिंह
यस राशिका व्यक्तिहरुलाई यो साता औसत हुने छ । आम्दानीमा सन्तोषजनक बृद्धि हुने छ । पेशागत जीवन सन्तुलित रहने छ । नयाँ नयाँ प्राविधिक शिप सिक्ने विषयमा प्रगति हुने छ । मनोबल उच्च बृद्धि हुने छ जसले गर्दा कसैले पनि हेप्ने छैनन् । स्वास्थ्यमा भने समस्या आउने भएकाले संयमित रहँदै पाइला चाल्नु होला । खानपानमा सन्तुलित रुपमा ध्यान दिनु होला । परिवारमा भने तिक्तताको अवस्था आउने भएकाले मनमा तनाव उत्पन्न हुने छ ।

कन्या
यस राशिका व्यक्तिहरुलाई यो साता औसत खालको हुने छ । पेशागत जीवनमा उचित कदर हुने छ । थप जिम्मेबारी प्राप्त हुने र नयाँ नयाँ सृजनशिल विचारहरु आउने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । खर्चको मात्रा पनि ह्वात्तै बढ्न जाने भएकाले आर्थिक व्यवस्थापनमा भने चुनौति विद्यमान नै रहने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा असझदारी हुने छ । बोलीको प्रभाव बढ्ने छ । साथिभाइको साथ मिल्ने छ ।

तुला
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक दिशामा जाने छ । परिवारमा मधुर मिलन तथा वातावरण उत्पन्न हुने छ । मेहनत गरे अनुसार उन्नतिका क्रमहरु देखिने छ । आर्थिक जीवनमा भने जोखिम रहेकाले धैर्य भएर कदम चाल्दा उचित हुने छ । पेशागत जीवन उतार चढावबाट अघि बढ्ने छ । मित्रहरुबाट धोका हुने चुनौति देखिएकाले यस विषयमा विचार पुर्याउनु होला । दाम्पत्य जीवनमा कटुताका क्रम देखिने छ ।

वृश्चिक
यस राशिका व्यक्तिहरुलाई यो साता सकारात्मक क्रममा रहने छ । आर्थिक क्षेत्र सवल हुने छ । बोलीको प्रभावले गर्दा अरुको विश्वास जित्न सकिने छ । विदेश यात्रामा जाने अवसर प्राप्त हुँदाहुँदै पनि अवरोधको सामना गर्नु पर्ने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । शारीरिक स्वास्थ्य अवस्थामा भने केही असन्तुलन पैदा हुने छ । परिवारमा सौहार्द र शान्तिपूर्ण वातावरणको क्रम रहने छ

धनु
यस राशिका व्यक्तिहरुलाई यो साता प्रतिकुल खालको रहने छ । पेशागत जीवनमा जोखिमका क्रमहरुबाट गुज्रनु पर्ने छ । विभिन्न आरोप प्रत्यारोपको सामना गर्नु पर्ने छ । आम्दानीमा कमि हुने हुँदा आर्थिक व्यवस्थापन चुनौतिपूर्ण रहने छ । अध्ययन र अध्यापनमा पनि रुचि हुने छैन् । मनोबलमा कमि आउँदा आफुले आफैलाई कमजोर महशुस हुने छ । प्रेममा असफलता हात लाग्ने छैन् ।

मकर
यस राशिका व्यक्तिहरुलाई यो साता मद्यम रुपको हुने छ । रिस कडा भएको व्यक्तित्व हुँदा आफ्नो छविमा नकारात्मक छाप अरुलाई पर्ने छ । मनोवल भने उच्च कायम रहने छ । पेशागत जीवनमा आक्रामक स्वाभावको आनिबानी हुने हुँदा संयमित रहनु नै एक मात्र विकल्प देखिन्छ । यात्रामा जाने अवसर जुर्ने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहने छ । सामाजिक छविमा कमि आउने छ ।

कुम्भ
यस राशिका व्यक्तिहरुलाई यो सातामा केही सुधार देखा पर्ने छ । स्वास्थ्यमा सुधार आउने छ । पेशागत जीवनमा केही दुविधाबाट गुज्रनु पर्ने छ । आम्दानीमा धेरै बृद्धि नभए पनि कमजोर पनि रहने छैन् । सवारीसाधनसँग सम्बन्धि विषयमा केही राहत मिल्ने छ । निर्णय क्षमतामा कमि आउने हुँदा धैर्य भएर निर्णय लिनु नै उचित हुने छ । दाम्पत्य जीवनमा मधुरता कायम रहने छ ।

मीन
यस राशिका व्यक्तिहरुलाई यो साता औसत तर प्रतिकुलतर्फको हुने छ । पेशागत जीवनमा निरन्तरता टुट्ने जोखिम देखिएकाले सतर्क रहनु नै उपयुक्त हुने छ । दाम्पत्य जीवनमा एकअर्कालाई साथ दिने अवस्था रहे छ । मुद्धा मामिला तथा प्रशासनिक निकायमा धाउनु पर्ने अवस्था रहेकाले विचार गरेर मात्र व्यवहार गर्नु उपयुक्त हुने छ । झैझगडाको क्रम देखिने छ । सामाजिक सोच हुँदाहुँदै पनि समाजले उचित मुल्यांकन भने गर्ने छैन् । जसले गर्दा निराशा आउने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया