शनिबार, वैशाख १५, २०८१

जन्ती बोकेको ट्याक्टर दुर्घटनाः मृत्यु हुने संख्या तीन पुग्यो

मेरोन्यूज २०७८ मंसिर १७ गते २०:२७

धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै शुक्रबार से १ त ३८४१ नम्बरको टट्याक्टर पल्टिएको थियो ।

ट्याक्टर दुर्घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतनकुमारी राना र लालझाडी गाउँपालिका–९ का ५५ वर्षीय रानि राना छन् ।

दुर्घटनामा अन्य ११ जना घाइते छन् । उनीहरू मध्ये ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउदा ट्याक्टर सडक छेउमै पल्टीएको थियो ।

प्रतिक्रिया