बुधबार, वैशाख १२, २०८१

कांग्रेस गण्डकी सभापतिमा जोशी र शर्माको उम्मेदवारी दर्ता

मेरोन्यूज २०७८ मंसिर १७ गते १८:४२

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा संस्थापन र इतर समूहबाट छुट्टाछुट्टै उम्मेदवारी परेको छ ।
प्रदेश अधिवेशनमा शुक्रबार संस्थापन समूहले अर्जुन जोशीको प्यानलसहित मनोनयन दर्ता गराएको छ भने संस्थापन इतर समूहबाट शुक्रराज शर्माको प्यानलगत उम्मेदवारी परेको छ ।
संस्थापन प्यानलबाट उपसभापति मेखलाल श्रेष्ठ र नेत्र महत तथा महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्काले मनोनयन दर्ता गराएका छन् । संस्थापनबाटै सहमहामन्त्रीमा महिलातर्फ ओमकला गौतम, खुलामा राजनराज पन्त र झुलबहादुर आलेको उम्मेदवारी दर्ता भएको छ ।
यता, संस्थापन इतरसमूहबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारी, महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा महिलातर्फ कोपिला रानाभाट र खुलामा रमेश पाण्डे र रामचन्द्र जोशीको उम्मेदवारी परेको छ ।
यस्तै, संस्थापनबाट सहमहामन्त्रीमा युवराज बस्ताकोटी र गणेश सापकोटाको उम्मेदवारी परेको छ ।
कांग्रेस विधानअनुसार सभापति एक, उपसभापति र महामन्त्री २÷२ तथा सहमहामन्त्री ३ जना निर्वाचित हुने व्यवस्था छ ।
गण्डकीमा ५९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् भने २० प्रतिशत मनोनीत गर्ने व्यवस्था छ ।

प्रतिक्रिया